कर्मचारीले तलब नपाउँदा खानेपानी बन्द « Khabarhub

कर्मचारीले तलब नपाउँदा खानेपानी बन्द


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ । तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् ।

छिस्तीका ६ सय परिवारले झण्डै ३४ वर्षदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको हो । उनीहरुले दशैँ भत्ता र मासिक पारिश्रमिक पाएका छैनन् । आयोजनामा काम गर्दै आएका पाँचजना कर्मचारीले पछिल्लो दुई महिनाको पारिश्रमिक र बर्सेनी खाइपाइ आएको दशैँ भत्ता पाएका छैनन् ।

गत कात्तिक ४ गतेदेखि आयोजनाका धारामा पानी नआउँदा छिस्तीका ६ सय परिवार प्रभावित भएका छन् । दुई सातादेखि खानेपानी बन्द भएपछि वडा कार्यालय र उपभोक्ता स्वयंले समेत समस्या समाधानका लागि राखेका बैठकहरुमा पनि राजनीतिक विषयले प्राथमिकता पाएपछि खानेपानी आपूर्ति गर्न असहज भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

“योजना शुरु भएदेखि नै मैले काम गर्दै आएको छु, हरेक दुई महिनामा तलब र दशैँमा भत्ता आउँथ्यो”, आयोजनाका कर्मचारी ढाकाबहादुर थापाले भने, “न धेरै छ, अलिअलि भएको तलब पनि चाडबाडमा नपाएपछि हामीले काम छोड्यौँ ।” कर्मचारीले तलब भत्ता नपाएकै कारण काम छोड्दा साबिकको छिस्ती गाविस–५, ६ र ७ का उपभोक्ता खानेपानीबाट वञ्चित भएका छन् । उनीहरुले घण्टौँ यात्रा गरेर कुवा र पोखरीको पानी ल्याउन बाध्य छन् ।

खानेपानी बन्द भएको विषयमा प्रतिनिधिसभाका सांसद डा सूर्य पाठकले ध्यानाकर्षण भएको जनाएका छन् । छ सय परिवारले प्रयोग गर्दै आएको पानीमा अवरोध हुनु दुःखद् भएको भन्दै पानी खोल्नका लागि पहल थालेको पाठकले बताए ।

विसं २०६४ देखि खानेपानीको व्यवस्थापन गरी आएको समितिले गत भदौ ३ गते बैठक बसेर आयोजनाको व्यवस्थापनको काम गर्न नसकेको भन्दै वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

समितिले सर्वसम्मत रुपमा गरेको निर्णयसहितको पत्र वडाध्यक्षलाई पठाएर काम छोडेको समितिका अध्यक्ष दिलबहादुर श्रीषले बताए । “हामीले काम गर्न सक्दैनौँ व्यवस्थापन गर्नु भनेर वडालाई पठाएका हौँ”, श्रीषले भने, “काम छोडेपछि तलब भत्ता भर्न हाम्रो अधिकार रहेन, अधिकार भए पनि दिने स्रोत छैन् ।” ६ सय घरले प्रयोग गर्ने १२१ धाराबाट उठ्ने रकमले कर्मचारीको तलबसमेत भर्न कठिन भएपछि उपभोक्ता समितिले आयोजना वडाको जिम्मा लगाउने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ३० बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक