कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक डाकेको छ।

यही शुक्रबार र शनिबार केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको हो ।

यस बैठकमा चुनावी पराजयको गम्भीर समीक्षासँगै सभापति गगनकुमार थापाले आगामी कार्ययोजना पनि पेश गर्ने तयारी गरेका छन् ।

बैठकमा क्रियाशील सदस्यता हेरफेरसम्बन्धी एजेन्डा पनि रहेको छ । बैठकमा मुख्यतया आगामी १५ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुँदैछ ।

चुनावमा कांग्रेससँगै सभापति थापासहित उच्च पदाधिकारीहरू पराजित भएपछि गम्भीर प्रश्न उठेको छ। समानुपातिक र प्रत्यक्षसहित केबल ३७ सिटमा खुम्चिएको कांग्रेसमा सभापति थापामाथि पद छाड्नुपर्ने दबाब एकथरीले बढाएका छन् ।

अर्कातिर उपसभापति विश्वप्रकाश शर्मासहितले बरू पार्टीलाई नियमित महाधिवेशनतिर लानुपर्ने तर चुनावी धक्का खाएका बेला राजीनामा दिन नहुने तर्क गरिरहेका छन् ।

उनीहरूले नेतृत्वको सम्हालेको दुई महिना पनि नबित्दै चुनावमा होमिनुपरेका कारण परिणाम आफ्नो पक्षमा नआएकाले अब सम्हालिँदै पार्टीलाई पुरानै शक्तिमा फर्काउनुपर्ने सुझाएका छन् ।

त्यहीअनुसार यो बैठकले नियमित महाधिवेशनको रोडम्याप र खाका तय गर्न सक्ने एकजना नेताले जानकारी दिएका छन् ।

गगनसहित अधिकांश पदाधिकारी पराजित भएको अवस्थामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले दबाब बढाइरहेको छ।

देउवा पक्षीय नेता मीनबहादुर विश्वकर्माले त कांग्रेसमा अहिले दुईजना सभापति रहेको टिप्पणी नै गरिसकेका छन् । चुनावी हारसँगै विशेष महाधिवेशनको औचित्य सकिएकाले अब पार्टीलाई नियमित महाधिवेशनमा लैजानुपर्ने दबाब पनि उनीहरूको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ७ : १४ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा