५७ हजार नगदसहित ११ जना जुवाडे पक्राउ | Khabarhub Khabarhub

५७ हजार नगदसहित ११ जना जुवाडे पक्राउ


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको एक रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

मेलम्चीको रोज एण्ड रेष्टुरेण्टमा बिगत ४ दिन देखि तास खेलिरहेको विशेष सुराकीको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट नगद ५७ हजार ७ सय ७० रुपैयाँ, ४ बुक तास र १३ थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका हरुलाइ थप कारबाहीका लागि अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

पक्राउ पर्नेमा सोनाम तामाङ, विजय तामाङ, राम गिरि, सुरेश तामाङ, राम कुमार तामाङ, राजु मगर, विकास तामाङ, गणेश तामाङ, जित बहादुर तामाङ, योङ तामाङ, विकास तामाङ रहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ३५ बजे

तीज भावनात्मक एकता, माया र करुणाको प्रतीक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करुणा

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

महोत्तरी– मिथिला क्षेत्रमा आज (मंगलबार) चन्द्रमाको पूजा गरी चौरचन पर्व

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका