बस र कार ठोक्किएर दुघर्टना, एकको मृत्यु « Khabarhub

बस र कार ठोक्किएर दुघर्टना, एकको मृत्यु


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बुल्दीपुल नजिक शुक्रबार राति बस र कार ठक्कर खाँदा एकको मृत्यु भएको छ । सो दुर्घटनामा दुई घाइते भएका छन् ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा६च २१०२ नंको कार र बुर्तिबाङबाट काठमाडौं जाँदै गरेको ना७ख २८४४ नंको बस ठक्कर खाँदा कारमा सवार पोखरा महानगरपालिका–२० बस्ने ५६ वर्षीय लीलबहादुर सुनारको मृत्यु भएको हो ।

सुनारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । दुर्घटनामा कार चालक कास्कीका ३४ वर्षीय सुनिल गुरुङ र व्यास नगरपालिका–२ का २८ वर्षीय सुन्दर गुरुङ घाइते भएका छन् ।

घाइते दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ भने दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ११ : २७ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने