इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र « Khabarhub

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण तीव्र पारेको छ । पूर्वी सीमावर्ती क्षेत्र खियाम र नबातेहदेखि टायर नजिकैको शहाबिए नगरपालिकासम्म इजरायलले हवाई आक्रमण गरेको हो ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार ती आक्रमणमा परी कम्तीमा एक जनाको ज्यान गएको छ । इजरायली सेनाले सीमा नजिकैका गाउँहरूमा स्थल सैन्य कारबाहीलाई सघाउन यी हवाई हमलाहरू जारी राखेको जनाएको छ ।

विशेषगरी खियाम सहरभित्र इजरायली सेना प्रवेश गरी कारवाही चलाइरहे पनि अझैसम्म त्यहाँ पूर्ण नियन्त्रण कायम गर्न सकेको छैन । यता हेज्बोल्लाहले पनि उक्त सहर वरपर रहेका इजरायली सैनिकहरूलाई लक्षित गरी निरन्तर रकेट प्रहार गरिरहेको छ ।

पछिल्लो २४ घण्टामा हिजबुल्लाहले अहिलेसम्मकै धेरै सैन्य कारबाहीहरू गरेको दाबी गरेको छ । इरानसमर्थित उक्त शिया लडाकु समूहका अनुसार उनीहरूले ६३ वटा अपरेशन गरेका छन् जसमा अधिकांश रकेट आक्रमणका साथै ड्रोन र आर्टिलरी प्रहार समेत सामेल छन् ।

यस युद्धका कारण नागरिक पूर्वाधारहरूमा ठूलो क्षति पुगेको छ । इजरायली सेनाले तटीय राजमार्गको मुख्य पुलसहित अन्य पुलहरूलाई निशाना बनाएको छ । आज बिहान सार्वजनिक भएका तस्बिरहरूमा पहिले नै आक्रमणमा परेका तर पूर्ण रूपमा ध्वस्त नभएका पुलहरूमा पनि थप क्षति पुगेको देखिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ३ : ०१ बजे

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई