आलमलाई जन्मकैदको मागदाबीसहित मुद्दा दर्ता गरिँदै « Khabarhub

आलमलाई जन्मकैदको मागदाबीसहित मुद्दा दर्ता गरिँदै


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– बम विस्फोटमा परि घाइते भएकालाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका सांसद मोहम्द अफताव आलम विरुद्ध आज मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान पूरा गरि प्रतिवेदन शुक्रवार सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।

प्रतिवदनको अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ताको तयारी गरेको छ । आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी प्रहरीले गरेको छ ।

घटना भएको १२ वर्षपछि २६ गते प्रहरीले आलमलाई रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : ३१ बजे

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल