टाटा नेक्सन सबैभन्दा ‘सुरक्षित’ कार ! « Khabarhub

टाटा नेक्सन सबैभन्दा ‘सुरक्षित’ कार !


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भारतमा टाटा नेक्सन सबैभन्दा सुरक्षित कारको रुपमा दर्ज भएको छ । टाटा नेक्सनले अन्य कारलाई उछिन्दै सुरक्षित कारको सूचीमा नम्बर १ मा आफ्नो स्थान बनाएको हो ।

अमेरिकास्थित सुरक्षित कारको मापदण्ड तय गर्ने ग्लोबल न्यू कार एसेसमेण्ट प्रोगाम (ग्लोबल एनक्याप) ले टाटा नेक्सनलाई ५ स्टार रेटिङ दिएको छ ।

बिक्री संख्यामा नेक्सन, ब्रेज्जा र भेन्यूभन्दा पछाडि भएपनि सुरक्षितको आधारमा नम्बर १ भएको रुसलाइन डटकमले उल्लेख गरेको छ । ग्लोबल एनक्यापले पाँच वर्ष भित्रमा २५ वटा विभिन्न कारको पटकपटक परीक्षण गरेको थियो ।

उक्त कम्पनीले सन् २०१४ देखि २०१९ सम्म विभिन्न कारको दुर्घटना परीक्षणमा सबैभन्दा बढी बिक्री हुने कार पनि ‘सुरक्षित’ मापदण्डको आधारमा न्यून रेटिङ पाउनु भनेको कार उत्पादन कम्पनीको उत्पादनमा केही दोष रहेको पुष्टि भएको बताएको छ ।

यसैगरी, टाटाकै मारुती सुजुकी, भिटारा ब्रेजाले पनि सुरक्षित र बिक्रीमा उत्कृष्ट रेटिङ पाएको छ ।

त्यस्तै, कम्पनीले महिन्द्राको माराज्जो कारलाई सुरक्षित मापदण्डमा ४ रेटिङ दिएको छ । यो कार सेप्टेम्बर महिनामा सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा छैटौँ स्थानमा रहेको थियो । यस्तै, माराज्जो रेनल्ट, ट्रिबर, इरटिगा, नेक्सा एसएल सिक्स बिक्रीको आधारमा पछाडि रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १२ : ५७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर