टाटा नेक्सन सबैभन्दा ‘सुरक्षित’ कार ! « Khabarhub

टाटा नेक्सन सबैभन्दा ‘सुरक्षित’ कार !


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : भारतमा टाटा नेक्सन सबैभन्दा सुरक्षित कारको रुपमा दर्ज भएको छ । टाटा नेक्सनले अन्य कारलाई उछिन्दै सुरक्षित कारको सूचीमा नम्बर १ मा आफ्नो स्थान बनाएको हो ।

अमेरिकास्थित सुरक्षित कारको मापदण्ड तय गर्ने ग्लोबल न्यू कार एसेसमेण्ट प्रोगाम (ग्लोबल एनक्याप) ले टाटा नेक्सनलाई ५ स्टार रेटिङ दिएको छ ।

बिक्री संख्यामा नेक्सन, ब्रेज्जा र भेन्यूभन्दा पछाडि भएपनि सुरक्षितको आधारमा नम्बर १ भएको रुसलाइन डटकमले उल्लेख गरेको छ । ग्लोबल एनक्यापले पाँच वर्ष भित्रमा २५ वटा विभिन्न कारको पटकपटक परीक्षण गरेको थियो ।

उक्त कम्पनीले सन् २०१४ देखि २०१९ सम्म विभिन्न कारको दुर्घटना परीक्षणमा सबैभन्दा बढी बिक्री हुने कार पनि ‘सुरक्षित’ मापदण्डको आधारमा न्यून रेटिङ पाउनु भनेको कार उत्पादन कम्पनीको उत्पादनमा केही दोष रहेको पुष्टि भएको बताएको छ ।

यसैगरी, टाटाकै मारुती सुजुकी, भिटारा ब्रेजाले पनि सुरक्षित र बिक्रीमा उत्कृष्ट रेटिङ पाएको छ ।

त्यस्तै, कम्पनीले महिन्द्राको माराज्जो कारलाई सुरक्षित मापदण्डमा ४ रेटिङ दिएको छ । यो कार सेप्टेम्बर महिनामा सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा छैटौँ स्थानमा रहेको थियो । यस्तै, माराज्जो रेनल्ट, ट्रिबर, इरटिगा, नेक्सा एसएल सिक्स बिक्रीको आधारमा पछाडि रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १२ : ५७ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८