बायोमेडिकलका लागि छानिएका स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान | Khabarhub Khabarhub

बायोमेडिकलका लागि छानिएका स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले विदेशी श्रमिकका हकमा बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थालाई सहभागी हुन आवेदन खुलाएको गरेको छ ।

मलेसियाले नेपाल सरकारले सिफारिस गरेको १ सय २२ स्वास्थ्य संस्था मध्ये नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणमा सहभागी हुन आवेदन खुलाएको जनाएको छ ।

मलेसियाले कामदार लिँदै आएका १४ वटै देशबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएको बेस्टिनेट एसडीएन बीएचडीले लिँदै आएको छ ।

मलेसियाको अध्यागमन विभागले सोमबार https://fwcms.com.my वेबसाइट मार्फत सार्वजनिक सूचना जारी गर्दै मलेसियाको बायोमेडिकल गर्न इच्छुक संस्थाका लागि आवेदन खुला रहेको जानकारी गराएको हो । एक महिनाभित्र सूचिकृत हुन आग्रह गरिएको छ ।

नेपाल र मलेसियाबीच २०७५ कार्तिक १२ गते श्रम समझदारी भएको थियो । श्रम समझदारी पश्चात दुई देशका अधिकारी सम्मिलित प्राविधिक समितिको गत सेप्टेम्बर १० देखि १२ गतेसम्म मलेसियामा बसेको दोस्रो संयुक्त बैठकले १ सय २२ संस्था मध्ये थप नयाँ ८६ स्वास्थ्य संस्थालाई बायोमेडिकल स्वास्थ्य परीक्षणका लागि प्रक्रियामा सहभागी गराउने सहमति गरेको थियो ।

नेपाल सरकारबाट सूचिकृत भएर मलेसियाली टोलीले गरेको अनुगमनमा छनोट भएका ३६ संस्थाबाट नै तत्काल काम अघि बढाउने सहमति भएको थियो ।

साथै नेपाल सरकारले सूचिकृत गरेका अन्य ८६ संस्थाको अनुगमन प्रक्रिया नोभेम्बर पहिलो साताबाट सुरु गर्ने सहमति अनुरुप मलेसियाले स्वास्थ्य संस्था छनोटको प्रक्रिया हाल अघि बढाएको हो । नेपालबाट छानिएका स्वास्थ्य संस्थाले विभिन्न १० वटा आवश्यक कागजात समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

मलेसियाले मागेको आवेदनमा बायोमेडिकल गर्न इच्छुक संस्थाले आफ्नो संस्थाको विस्तृत प्रोफाइल, संस्थाका सञ्चालकको नाम, ठेगाना, कम्पनी रजिस्टार कार्यालयबाट पाएको संस्था सञ्चालन अनुमति प्रमाण – पत्र, संस्था रहेको नक्सा तथा संस्थाको सांगठानिक संरचना ढाँचासहित नेपालस्थित मलेसियन दूतावासबाट सिफारिस पत्र समावेश गर्नु पर्ने छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १ : २२ बजे

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–८ आमथलास्थित भित्री सडकखण्डमा आज दिउँसो

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा

झापा – शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

निकोलस भुसालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं – विवादित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका निकोलस भुसालको

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ

काठमाडौं – ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस

सुरक्षा खतरा देखाउँदै रूसी नागरिकविरूद्ध इयूले भिसामा थप कडाइ गर्दै

ब्रसेल्स, बेल्जियम – युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली