आफ्नै कारणले धराप बनेको प्रियंकाको वृत्ति ! « Khabarhub

आफ्नै कारणले धराप बनेको प्रियंकाको वृत्ति !


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो सत्य हो, शिखरमा पुगेपछि फेरि झर्नैपर्छ । प्रियंका कार्की पनि चर्चाको शिखरमा पुगेकी थिइन् । केही वर्षयता उनको करिअरको सुई ओरालोतिर झरेको झर्यै छ । फ्यानले प्रियंकालाई हैन, नयाँ नायिकाहरुलाई मनमा राख्न थालेका छन् ।

पछिल्लो समय नायिका प्रियंका कार्कीले फिल्ममा काम पाउन छोडेपछि म्युजिक भिडियोमा राज गरेकी थिइन् । आजभोलि त उनले अभिनय गरेका म्युजिक भिडियो पनि सार्वजनिक भएका छैनन् । मेकरका नजरबाट उनी बिस्तारै टाढा हुँदै गएकी छिन् ।

पछिल्लो समयमा उदाएका नायिकाहरु उनका लागि ‘थ्रेट’ बन्न थालिसकेका छन् । आखिर किन यति छिटो सकिने लयमा फर्कियो त प्रियंकाको (वृत्ति) करिअर ?

जानकारका कुरा सुन्ने हो भने प्रियंका कार्कीको करिअर धरमर गर्नुमा उनकै हात छ । उनले केही वर्ष यसरी फिल्म खेलिन् कि, हप्तामा प्रियंकाका ४ वटासम्म फिल्मसम्म रिलिज भए । ती कुनै फिल्म पनि चलेनन् । आफूलाई अफर आएका फिल्म समय भएसम्म छोडिनन् ।

जस्तो पायो त्यस्तै फिल्म खेल्दा प्रियंकाको करिअर धरमर भइसकेको थियो । एउटै नायिकाका फिल्म हप्तैपिच्छे रिलिज भएपछि दर्शकलाई फिल्म मन पर्ने कुरा पनि भएन ।

प्रियंका पछिल्लो समय बिकिनी अवतारमा धेरै देखिन थालिन् । हुन त यो उनको दर्शक तान्ने हतियार हुनुपर्छ । तर प्रियंकाले सामाजिक सञ्जालमा हट राख्दै गर्दा यता हलमा भने फिल्म फ्लप हुन थाले । पछिल्ला फिल्ममा उनको अभिनयमा खासै सुधार देखिएन । अभिनयमा सुधार नल्याउँदा प्रियंकाका फ्यान भड्किन थाले ।

यति मात्र होइन, प्रियंकालाई उनैले दिएका अन्तर्वार्ताले पनि ब्याकबाइट गरे । कति अन्तर्वार्तामा उनले बोलीमा संयमता नअपनाउँदा ट्रोलको शिकार हुनुपर्‍यो । फिल्मको प्रचारमा पनि उनले समय दिइनन् ।

जे होस्, आयुष्मान देशराज जोशीसँगको इङ्गेजमेन्टका कारण समेत चर्चामा रहेकी प्रियंकाले बारम्बार बिहे गर्ने भन्दै आइरहेकी छिन् । तर, बिहे कहिले भन्ने अझै टु‌ंगो छैन । त्यसो त उनी वेब सिरिज र फाउण्डेसनमार्फत दर्शकमाझ साझेदारी गरिरहेकी छिन् । तर, अहिले उनको क्रेज पहिलेको तुलनामा छँदै छैन

शायद उनले हिजोका दिनमा हरेक हिसाबले आफूलाई परिपक्व बनाएको भए यति छिट्टै करिअर धराप हुने थिएन ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  २ : ३८ बजे

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु