सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ « Khabarhub

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम जनताको सरकार चलाउने बताएका छन् ।

बुधबार पार्टीको बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष घिसिङले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उज्यालो नेपाललाई सडकमा बसेर आम जनताको सरकार चलाउने म्याण्डेड प्राप्त भएको बताएका हुन्।

अव सडकको सरकार उज्यालो नेपालको हुने भन्दै उनले सडकबाट देशलाई समृद्धि तर्फ लैजान सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गरे । उनले नयाँ सरकारको राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गर्दै अघि बढ्ने धारणा राखे ।

अध्यक्ष घिसिङले प्रतिनिधिसभा निर्वाचनमा देशभरिबाट उम्मेदवारी दिएर पनि जित्न नसक्दा हारेर पनि जितेको महसुस गरेको बताए ।

देशमा स्थायित्वको लागि भएको निर्वाचनमा जनताले एउटा दललाई करिब दुई तिहाइको मत दिनु महत्त्वपूर्ण विषय भएको उनको भनाइ छ । 

उनले गाउँ टोलसम्म संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने जानकारी दिए ।  

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  १ : ४३ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका