राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश « Khabarhub

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेश गरिएको छ । 

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिवेदन पेश गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले न्याय प्रशासनलाई छिटो, छरितो, पहुँच योग्य र जनउत्तरदायी बनाई न्यायपालिकाप्रतिको जनआस्था र विश्वास दरिलो बनाउन सके न्यायपालिकाको मूल्यमान्यता सधैँ जीवन्त रहने बताए । 

उनले  जस्तोसुकै परिस्थितिमा पनि न्यायिक कामकारबाहीमा कुनै प्रकारको प्रतिकुल असर पर्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको धारणा राखे  ।

अदालतमा अभिलेखकोरुपमा रहेका महत्त्वपूर्ण ऐतिहासिक दस्ताबेज एवम् पुरातात्त्विक महत्वका संरचनाहरू नष्ट हुँदा न्यायपालिकालाई ठूलो क्षति भए पनि त्यसको यथाशीघ्र परिपूर्ति हुन वाञ्छनीय देखिएको उनको भनाइ छ । 

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ५ : ५६ बजे

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार