वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना « Khabarhub

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् ।

यस्तै, एक हजार ८०० जना घाइते भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन् । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् ।

यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएका प्राधिकरणले जनाएको छ ।

यस्तै, भूकम्पका सात, असिना, डुङ्गा पल्टेका दुई–दुई घटना हुँदा असिनासहित हुरी, शीतलहरका एक–एक घटना घटेका छन् ।

यसैगरी, यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपदका घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

एकै दिन नौ जिल्लाका १३ स्थानमा आगलागीका घटना भएका र विपदमा परी १० जना घाइते भएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ७ : १६ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि