काठमाडौं उपत्यकाका गुम्बा, मदरसा र चर्चबाट सुरक्षा चुनौती, निगरानी बढाउन जाँचबुझ आयोगको सुझाव « Khabarhub

काठमाडौं उपत्यकाका गुम्बा, मदरसा र चर्चबाट सुरक्षा चुनौती, निगरानी बढाउन जाँचबुझ आयोगको सुझाव


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते काठमाडौंमा जेन-जीका नाममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले एउटा गम्भीर सुझाव पनि सरकारलाई दिएको छ।

पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगले काठमाडौं उपत्यकाभित्रका गुम्बा, मदरसा र चर्चहरूको गतिविधिमा निगरानी बढाउन सरकारलाई सुझाव दिएको छ।

आयोगको प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्रका डाँडाहरूमा निर्माण गरिएका विशाल र आलिशान गुम्बाहरूको सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने उल्लेख गरिएको छ।

यसका साथै मुस्लिम समुदायका बालबालिका अध्ययन गर्ने मदरसा तथा क्रिश्चियन समुदायका चर्चहरूमा आउने फण्ड र त्यहाँ सञ्चालन हुने गतिविधिको नियमित निगरानी गर्न आवश्यक रहेको आयोगले ठहर गरेको छ।

उक्त आयोगले यस्ता संस्थाहरूमा हुने गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पार्न सक्ने भन्दै मुलुकले आफ्नो गुप्तचरी क्षमता तत्काल बढाउनुपर्ने पनि सरकारलाई भनेको छ।

उक्त प्रतिवेदनमा भदौ २३ गते नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा भएको घटनालाई थप उत्तेजित बनाउन तिब्बतियन ओरिजिन ब्लुड (टीओबी) समूहका मोटरसाइकल सवार युवाहरू सक्रिय देखिएको उल्लेख गरिएको छ।

उनीहरूको त्यस गतिविधिले नेपाल मात्रै नभई छिमेकी चीनसमेत सशंकित बनेको आयोगको निष्कर्ष छ। नेपालले एक चीन नीति अपनाउने गरेको छ । तर उक्त आन्दोलनमा तिब्बती शरणार्थीहरू खुला रूपमा उत्रेको पाइएको थियोे ।

छिमेकी राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग भएमा नेपाललाई जटिल अवस्थामा पार्न सक्ने चेतावनी पनि आयोगले प्रतिवेदनमा दिएको छ।

यद्यपि, भदौ २३ र २४ को आन्दोलनमा टीओबीको संलग्नताबारे उल्लेख गरिए पनि आयोगले उनीहरूमाथि कारबाहीको सिफारिस गरेको छैन। आयोगले राष्ट्रिय सुरक्षासँग जोडिएका संवेदनशील विषयमा सरकारलाई थप सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १२ : २० बजे

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४

रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी– सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि