वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार « Khabarhub

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस र हताहतीको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति जनाएको छ।

आयोगले आफ्नो क्षेत्राधिकार बाहिर गएर न्यायालय र कानुन व्यवसायसम्बन्धी विषय उल्लेख गरेको भन्दै बारले आपत्ति जनाएको हो। यसमा छलफल गर्न बारले सल्लाहकार समिति बैठक बोलाएको छ।

बारका महासचिव केदारप्रसाद कोइरालाले न्यायालय र कानुन व्यवसायप्रति समाजमा प्रतिवेदनले नकारात्मक असर पर्ने बताएका छन् । उनले यस विषयमा कानुन व्यवसायीबीच गम्भीर छलफल गरिने बताए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा न्याय सुलभ बनाउन वकिलको शुल्क, विकृति र विसङ्गति हटाउनुपर्ने उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनमा सर्वसाधारणको न्यायमा पहुँच कमजोर भएकाहरूसँग साधारण निवेदन लेखिदिँदा पनि वकिलहरूले हजारौँ रुपैयाँ शुल्क लिने गरेको भनिएको छ।

बारले यस्तो टिप्पणीले न्यायालय र कानुन व्यवसायप्रति नकारात्मक धारणा बनाउने भन्दै प्रतिवेदनप्रति असहमति जनाएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  १२ : ३१ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित