वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार « Khabarhub

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस र हताहतीको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति जनाएको छ।

आयोगले आफ्नो क्षेत्राधिकार बाहिर गएर न्यायालय र कानुन व्यवसायसम्बन्धी विषय उल्लेख गरेको भन्दै बारले आपत्ति जनाएको हो। यसमा छलफल गर्न बारले सल्लाहकार समिति बैठक बोलाएको छ।

बारका महासचिव केदारप्रसाद कोइरालाले न्यायालय र कानुन व्यवसायप्रति समाजमा प्रतिवेदनले नकारात्मक असर पर्ने बताएका छन् । उनले यस विषयमा कानुन व्यवसायीबीच गम्भीर छलफल गरिने बताए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा न्याय सुलभ बनाउन वकिलको शुल्क, विकृति र विसङ्गति हटाउनुपर्ने उल्लेख गरिएको छ।

उक्त प्रतिवेदनमा सर्वसाधारणको न्यायमा पहुँच कमजोर भएकाहरूसँग साधारण निवेदन लेखिदिँदा पनि वकिलहरूले हजारौँ रुपैयाँ शुल्क लिने गरेको भनिएको छ।

बारले यस्तो टिप्पणीले न्यायालय र कानुन व्यवसायप्रति नकारात्मक धारणा बनाउने भन्दै प्रतिवेदनप्रति असहमति जनाएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  १२ : ३१ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि