सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू « Khabarhub

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएको छ । 

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले मुलुकमा सुशासन कायम गर्नका लागि विभिन्न भ्रष्टाचार प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएका छन् ।

विभिन्न प्रकरणलाई राजनीतिक बहस, पार्टीसँग जोड्ने र जनमत प्रभावित पार्ने विषय बनाउन नहुने उनले बताए । प्रवक्ता चालिसेले संसद्मा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिँदै पार्टीको संशोधित विधानले सांसदहरूको प्रस्तुति र कार्यमूल्यांकन गर्ने विधि अपनाएकाले त्यसअनुसार अघि बढ्ने उल्लेख गरे । त्यस्तै उनले जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अस्पष्ट र अपूर्ण देखिएको धारणा राखे ।

कार्की आयोग र मानवअधिकार आयोगको प्रतिवेदन पार्टीले अध्ययन गरे पनि विस्तृत धारणा सार्वजनिक हुने उनको भनाइ छ । प्रवक्ता चालिसेले पार्टी महाधिवेशनमा होमिसकेकाले कुनै पक्ष विपक्ष भन्दा पनि पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बताए । 

उनले पार्टीभित्र केही मत–मतान्तर भए पनि आन्तरिक लोकतन्त्र नै पार्टीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ६ : ११ बजे

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार

युवा, श्रम तथा रोजगार मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता

काठमाडौँ– युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी– जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४

रेडपाण्डाको अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

म्याग्दी– सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि