सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू « Khabarhub

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू


१२ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएको छ । 

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले मुलुकमा सुशासन कायम गर्नका लागि विभिन्न भ्रष्टाचार प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर अघि बढाउन नयाँ सरकारलाई सुझाव दिएका छन् ।

विभिन्न प्रकरणलाई राजनीतिक बहस, पार्टीसँग जोड्ने र जनमत प्रभावित पार्ने विषय बनाउन नहुने उनले बताए । प्रवक्ता चालिसेले संसद्मा कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिँदै पार्टीको संशोधित विधानले सांसदहरूको प्रस्तुति र कार्यमूल्यांकन गर्ने विधि अपनाएकाले त्यसअनुसार अघि बढ्ने उल्लेख गरे । त्यस्तै उनले जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अस्पष्ट र अपूर्ण देखिएको धारणा राखे ।

कार्की आयोग र मानवअधिकार आयोगको प्रतिवेदन पार्टीले अध्ययन गरे पनि विस्तृत धारणा सार्वजनिक हुने उनको भनाइ छ । प्रवक्ता चालिसेले पार्टी महाधिवेशनमा होमिसकेकाले कुनै पक्ष विपक्ष भन्दा पनि पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बताए । 

उनले पार्टीभित्र केही मत–मतान्तर भए पनि आन्तरिक लोकतन्त्र नै पार्टीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ६ : ११ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली