हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ « Khabarhub

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा लगाएर सांसदको रूपमा शपथ ग्रहण गरेका छन् । २०७९ चैत २१ गते तत्कालीन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं गएका बेला बालेनलाई पहिलोपटक लगाइदिएका थिए ।

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र जितेका हर्क र काठमाडौं महानगरपालिकाको मेयरको रुपमा स्वतन्त्र जितेका बालेनबीच त्यसबेला पहिलो पटक भेट भएको थियो । स्वतन्त्र रूपमा निर्वाचन जिते पनि उनीहरूबीच निरन्तर फेसबुकमा छेडखानी हुने गरेको थियो । त्यसबेला हामीसँगको कुराकानीमा हर्कले पनि फेसबुकमा निरन्तर छेडछाड भएपनि बालेनले भेट्ने प्रस्ताव गरेका कारण आफू उनिलाई भेट्न पुगेको बताएका थिए ।

दुवै जनाले मेयर पदमा जितेपछि सम्बन्धमा दरार आएपनि सिलाम साक्मा लगाइसकेपछि केही समय सम्बन्ध सुमधुर थियो । तर अहिले उनीहरूबीच सम्बन्ध राम्रो देखिएको छैन । हर्कले पहिलोपटक बालेन्द्रलाई लगाइदिएको सिलाम साक्माबाट प्रभावित भएर बालेन्द्रले आज पनि शपथ ग्रहणमा सो को प्रयोग गरेको देखिन्छ ।

‘सिलाम साक्मा’ पूर्वमा लिम्बुहरूको आस्थाको प्रतीक मानिन्छ । प्राध्यापक डा. महेन्द्र लावतीका अनुसार सिलाम साक्माले ठूलो विपतिबाट जोगाउछ भन्ने सन्देश दिन्छ । लावतीका अनुसार एक मिथक र त्यो मिथकसँग जोडिएका विभिन्न कथाहरुसँग सिलाम साक्माको प्रयोग हुँदै आएको छ । ‘सि’को अर्थ मृत्यु र ‘लाम्’को अर्थ बाटो भन्ने जनाउने लावतीको भनाइ छ ।

‘साक्मा’ भन्नाले  छेक्नु, थुन्नु वा रोक्नु अडिनु भन्ने बुझाउने लावती बताउँछन् । यसको मुख्य अर्थ भनेको मृत्यु र भयबाट जोगाउने भएको लावतीको भनाइ छ । धेरैले यसलाई मृत्यु छेक्ने बाटो भनेर पनि बुझ्ने उनीले जानकारी गराए ।

हुन त बालेनलाई इलामका किरात धर्मगुरु आत्मानन्द लिङ्देनले पनि भेटघाटका क्रममा सिलाम साक्मा लगाइदिएका थिए । तर सुरुमा भने साम्पाङले नै बालेनलाई लगाइदिएका हुन् ।

फेसबुकमा माया साटासाट

७९ को चैत २१ गते सिलाम साक्मा ग्रहण गरेपश्चात् बालेनले फेसबुकमा सिलाम साक्माको तस्बिर राखेर पोस्ट गरेका छन् । त्यसबेला बालेनले लेखेका छन, ‘सिलाम साक्माले मृत्युको बाटो छेकेझैँ, नेपालको विकासको बाटो कसैले छेक्न नसकोस् ।’

लगत्तै हर्कले पनि सामाजिक सञ्जालमा सिलाम साक्मा एक आपसमा लाइदिएको तस्बिर राखेर स्टाटस लेखेका थिए । उनले भनेका थिए, ‘आज बालेन शाह ज्यूसँग पहिलो भेट भयो । रमाइलो भयो कुराकानी ।’

अहिले के छ ?

अहिले प्रत्यक्षमा ४ र समानुपातिकमा सात सिटसहित हर्क साम्पाङ प्रतिनिधि सभामा पुगेका छन्। बालेनको पार्टी राष्ट्रिय स्वतन्त्रले १८२ सिट ल्याएर बालेन्द्र प्रधानमन्त्री बन्दैछन् । सामाजिक सञ्जाल फेसबुकमा हर्कले निरन्तर रुपमा रवि लामिछाने प्रधानमन्त्री बन्ने आवाज उठाइरहेको देखिन्छ । अहिले पनि बालेन र हर्कबीच सम्बन्ध राम्रो छैन ।

तर रवि लामिछानेसँग भने हर्क निकट भएको देखाउँछन् । कहिलेकाहीँ सामाजिक सञ्जालमा आक्रमक अभिव्यक्ति बालेनलक्षित दिँदा बालेनले कमेन्टमा मेरो माया सधैं छ भनेर लेख्ने गरेका छन् । तर हर्कले भने लेखेर र भनेर माया नहुने भन्दै बाहिर प्रतिक्रिया दिँदै हिँड्छन् । हर्क र बालेनको सम्बन्ध नराम्रो भएकै कारण वैकल्पिक शक्तिहरू एक आउने बेलामा हर्क राष्ट्रिय स्वतन्त्र पार्टीमा नगएको धेरैले आँकलन गरेका छन् ।

तर आज एकाएक पहिलोपटक साम्पाङले दिएजस्तै सिलाम साक्मा लगाएर बालेन शपथ ग्रहणमा पुगेपछि उनीहरूको सम्बन्ध पुनर्तागी भएको देखिन्छ । तर, आज लगाएको बालेनको सिलाम साक्मा मा भने हर्कले दिएको उपहार होइन । बरु किरात धर्मगुरु आत्मानन्द लिङदेनबाट प्राप्त भएको हुनसक्ने उनको सचिवालय बताउँछ । तर यसबारे सचिवालयले विश्वासनीय जानकारी भने दिएन।

किन लगाए बालेनले सिलाम साक्मा ?

बालेन कोशी प्रदेशको झापाबाट निर्वाचित सांसद हुन् । कोशी प्रदेशमा उल्लेखनीय लिम्बु जातिको बसोबास रहेकाले उनी त्यहाँको रहनसहन अनुसार प्रस्तुत भएका हुन् ।

झापा-५ बाट निर्वाचन जितेका बालेनलाई आदिवासी जनजातिले नरुचाए पनि उनी उनीहरूलाई चिढ्याउने पक्षमा छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा राई र लिम्बु समुदायको उपस्थिति न्यून भएपछि त्यसको आवास दिलाउन पनि उनले प्रयोग गरेको उनी निकट नेता बताउँछन् ।

बालेनको सचिवालय पनि राई लिम्बु समुदायलाई प्रतिनिधित्व गर्ने र कोशी प्रदेशको अपनत्व हुने किसिमले बालेनले सिलाम साक्मा लगाएको दाबी गर्छ। बालेनको सचिवालयले यसको प्रयोगले उनलाई विभिन्न भय र चुनौतीबाट जोगाएकोले पनि यसको प्रयोग गरेको उल्लेख गर्छ ।

‘खासमा कोशी प्रदेश पूर्व र दमकको प्रतिनिधित्व होस् भन्ने हिसाबले यसको प्रयोग गर्नुभएको हो । यसको प्रयोगका कारण आफू भय र चुनौतीबाट जोगिएको समेत उहाँले आभास गर्नुभएको छ । चुनावका बेला पनि लिम्बु समुदाय र राई समुदायले विभिन्न ठाउँमा पुग्दा उहाँहरुलाई यो उपहार दिनुभएकोले प्रभावित हुनुभएको थियो ।’ बालेनको सचिवालय भन्छ, ‘नेपाली दौरा सुराल र सिलाम साक्माको प्रयोग गर्छु भनेर उहाँले पहिला नै योजना बनाउनुभएको थियो । उहाँका लागि यो लक्की पनि हो ।’

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ६ : ३२ बजे

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार