सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने « Khabarhub

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संसदीय दलका नेता बालेन्द्र शाह छलफल गर्दैछन् ।

बिहीबार राति छलफल गरेका नेताबीच नामलाई अन्तिम रूप दिन पुनः छलफल हुन लागेको हो । शुक्रबार दिउँसो १२ः३४ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम राखिएकाले त्यसअघि नै १५ देखि १८ जना मन्त्रीको नाम टुङ्ग्याउन शीर्ष नेता छलफलमा जुटेका हुन् ।

बिहीबार रातिको छलफलबाट तयार नाममा थप विमर्श आवश्यक भएको बालेन निकट स्रोतले जनाएको छ । बालेन सरकारको मन्त्रीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोविता गौतम, इन्दिरा रानामगर, अस्मित पोखरेल, सुनील लम्सालको नाम टुंगो लागे पनि अन्य नेताबारे छलफल जारी छ ।

महिला, जनजाति, भूगोल र अन्य वर्ग पनि मिलाउनुपर्ने भएकाले त्यसमा छलफल भइरहेको रास्वपाका नेताको भनाइ छ ।

१० बजे मन्त्रीको टुंगो लागेपछि मात्र नेताहरु प्रधानमन्त्रीको शपथमा सशभागी हुनेछन् । बिहीबार मात्र रास्वपाले बालेन्द्रलाई पार्टीको संसदीय दलको नेता सर्वसम्मत चयन गरेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ९ : ०३ बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई