कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै « Khabarhub

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३ बाट विजयी सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।

शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्ति भइसकेका बालेन्द्रले सोबितालाई कानुन मन्त्रालयमा लैजाने कुरा पक्का भएको उनको सचिवालयले जनाएको छ।

सुरूमा सोबितालाई प्रतिनिधि सभाको सभामुखमा लैजाने चर्चा थियो । तर सभामुखका लागि उनी परिपक्व नभएको भन्दै कानुन मन्त्रालयमा पठाउन लागिएको हो। सोबिता अधिवक्ता पनि हुन् ।

सोबितालाई कानुन मन्त्रालयमा पठाएपछि सभामुखमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’लाई पठाइने भएको छ ।

कानुन मन्त्रालय सम्हाल्ने गरी तयारी अवस्थामा रहेर आउन भनेर बालेन्द्रले सोबितालाई खबर गरिसकेको उनीनिकटले बताएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ११ : ०१ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद