यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय « Khabarhub

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

बालेन्द्रको सचिवालयबाट प्राप्त जानकारीअनुसार मेहतालाई स्वास्थ्यमन्त्रीमा अगाडि बढाउने भएको हो।

यसअगाडि स्वास्थ्य मन्त्रीमा डाक्टर तोसिमा कार्कीको नाम आएको थियो। २०७९ पछि स्वास्थ्य राज्यमन्त्री बनेकी उनलाई योपटक बालेन्द्रले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने अनुमान थियो । तर उनको साटो मेहतालाई लान लागिएको हो ।

बालेनको सचिवालयका अनुसार अहिलेसम्मको अवस्थामा तोसिमाले स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर न्यून छ। स्वास्थ्य मन्त्रालयका लागि अर्का डाक्टर लेखजन थापाले समेत दाबी गरेका थिए । तर उनलाई पनि बालेन्द्रले अगाडि सारेनन् ।

सुनसरी इनरूवाकी निशा पेशाले नर्स हुन् । स्वास्थ्य क्षेत्रमा उनी निरन्तर सक्रिय छिन् राष्ट्रिय स्वतन्त्र पार्टीमा उनी स्थापनाकालदेखि साधारण सदस्य थिइन्।

२०७९ को निर्वाचनमै रास्वपाले निशालाई समानुपातिकमा समेटेको थियो तर उनी सांसद बन्न पाइनन्। यसपटक सांसद बनेकी उनी मन्त्री हुन लागेकी छन् ।

भारतको ग्वालियारस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गर्दै आएकी थिइन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ११ : १९ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद