कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री « Khabarhub

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम तिमल्सिना सञ्चारमन्त्री बनेका छन् । उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पहिलोपटक निर्वाचनमा होमिएका उनले नुवाकोट १  बाट २२ हजार ६०९ मतसहित सांसद बनेका हुन । 

उनका निकटतम प्रतिद्वन्द्वी विगतदेखि सोही क्षेत्रबाट निर्वाचित बन्दै आएका नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १८ हजार ५९७ मत ल्याएका थिए । 

नुवाकोटको पञ्चकन्या गाउँपालिका बानियाँटारमा जन्मिएका उनी सामान्य कृषि कर्ममा संलग्न परिवारमा हुर्किएका हुन् ।

गाउँकै इन्द्रायणी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका उनले चौघडास्थित क्षेत्रपाल माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । 

अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका डा.तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् ।

एक दशकअघि रेडियो सगरमाथाको कार्यक्रम उत्पादक तथा प्रस्तोता थिए । अध्ययनका लागि अष्ट्रेलिया गएपछि उनले त्यहीँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ नामक कार्यक्रमका कार्यकारी सम्पादक र सिड्नीबाट सञ्चालित साउथ एसिया डटकम डट एयूको सम्पादकीय सल्लाहकार थिए ।

त्यसपछि देश र राष्ट्रको समुन्नतिको लागि नेपाल फर्किएका उनी सबै समुदायको साझा आवाज बन्ने उनले निर्वाचन अघि सामाजिक सञ्जालमा राखेको भिडियो सामाग्रीमा भनेका छन् । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १ : ०३ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद