दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड « Khabarhub

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मा पाएका छन् ।

फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट निर्वाचित बनेका उनको यो मन्त्रीका रुपमा दोस्रो जिम्मेवारी हो । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गते पहिलो पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका उनी १९ दिन मात्रै मन्त्री बनेका थिए ।

सो समय नागरिकता मुद्दामा रास्वपाका सभापति तथा तत्कालीन उपप्रधानमन्त्री रवि लामिछानेको पद गुमेसँगै रास्वपा सरकारबाट बाहिरिएको थियो । माघ २२ गते उनीहरु सरकारबाट बाहिरिदै गर्दा खनालले मन्त्री पद सम्हालेको १९ दिन मात्रै भएको थियो ।

खनालले अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । यस्तै, बज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ३ : ३० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले