आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत १६ गते सोमबारको राशिफल


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२६ मार्च ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश

मेष : आज महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। परिवारको साथ लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ। व्यापरमा थप मिहिनेतको खाँचाे छ ।

वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। धनसम्पत्ति आर्जन हुनेछ। मानसम्मान प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीका कारण विवाद बढ्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले सिर्जनात्मक क्षमता बढ्नेछ। परिवारसँग सचेत बन्नुपर्नेछ। व्यवहार गर्दा तीन पटक सोच्नुपर्ने दिन छ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। रोगबाट छुटकारा पाउने योग छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षी शान्त रहेकाले तपाईंले सुरुवात गरेको काम सफल बन्नेछ। स्वास्थ्यमा सुधारको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : मन अशान्त बन्ने जोखिम छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने दिन छ। योजना सफल पार्न धैर्यताको खाँचो देखिन्छ। राज्यका तर्फबाट सेवाकोअवसर मिल्नेछ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। साथीसँगको वार्ताले घरमा विवादा बढ्ने भएकाले सचेत भएर बोल्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुदृढ बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अरुले लिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आज प्रियजनसँगको भेटले मन रमाउनेछ। कतै घुमफिर तय हुनसक्छ। आज नयाँ कामको थालनी हुने सम्भावना छ। पारिवारिक मेलमिलाप हुनेछ।

मकर : सहकार्य गरेर लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँगको सकार्यमा अगाडि बढेमा फाइदा हुेनछ। शत्रु बढ्नेछन्। धार्मिक क्षेत्रमा मन जानेछ।

कुम्भ : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँग नम्र भएर व्यवहार गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्रप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : लगानी गर्दा सचेत बन्नुपर्नेछ। विपक्षीको विरोधको आवाज सुन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ। शिक्षा र व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ५ : ४५ बजे

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको