बादलको पक्षमा छन् ओली, दलको नेतामा सुहाङ र राजेन्द्रको पनि दाबी « Khabarhub

बादलको पक्षमा छन् ओली, दलको नेतामा सुहाङ र राजेन्द्रको पनि दाबी


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले संसदीय दलको नेता चुन्न बसेको बैठकमा पाका र युवा पुस्ताबीच विवाद उत्पन्न भएको छ ।

बुधबार ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा दलको नेताका लागि युवा नेताहरूले बलियो दाबेदारी गरेपछि विवाद भएको हो ।

हाल प्रहरीको हिरासतमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादललाई अगाडि सार्ने योजना बनाएका छन्।

तर संसदीय दलको नेतामा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सुहाङ नेम्बाङले बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।

सुहाङले देशको बदलिएको राजनीतिक परिस्थित, अन्य दलमा पनि युवाको नेतृत्व आएकोसमेत अवस्थालाई ख्याल गरेर संसदीय दलको नेता आफूलाई बनाउनु माग गरेका छन्।

तर नेतृत्व नफेर्ने अडानमा रहेका ओलीको रोजाइमा समानुपातिक सांसद बादल पर्न गएका छन्।

ओलीले बादललाई रोजेपछि अहिले सुहाङले संसदीय दलको नेता चयनका लागि निर्वाचन माग गरेका छन्।

‘अध्यक्ष ओलीले बादल कमरेडलाई संसदीय दलको नेता बनाउन भनिसक्नु भएको छ । बादल कमरेड पनि तयार हुनुहुन्छ’, एमालेका एक सचिवालय नेताले भने, ‘तर यता सुहाङ कमरेडले निर्वाचन हुनुपर्ने माग गरिरहनुभएको छ। सुहाङ कमरेडले दाबी गरे पनि ओलीले दिन चाहनु भएको छैन।’

सचिवालय बैठकबाट सुहाङलाई संसदीय दलको नेता दिनुपर्ने माग एमालेमा बलियो छ । तर ओलीले सुहाङलाई दिन चाहेका छैनन् ।

बुधबारको संसदीय दलको बैठकमा धनकुटाबाट जितको ह्याट्रिक लगाएका राजेन्द्र राईले पनि दलको नेतामा दाबी गरेका छन्। तर उनीप्रति पनि ओली सकारात्मक देखिएका छैनन्।

मंगलबार बसेको एमाले सचिवालय बैठकले संसदीय दल र प्रमुख सचेतक चुन्ने जिम्मेवारी बादल र सचिव पदमा अर्याललाई दिएको थियो ।

एमाले नेताहरूका अनुसार समानुपातिकबाट सांसद भएकी पद्मा अर्याल पनि प्रमुख सचेतकको दाबेदार हुन् । एमालेमा बादल र अर्याल दुवै समानुपातिक सांसद हुन्। एमालेको एघारौँ महाधिवेशनमा ओलीकै प्यालनबाट बादल उपाध्यक्ष र पद्मा सचिव भएकी हुन् ।

सुहाङ र राजेन्द्रले संसदीय दलको नेतामा दाबीसहित निर्वाचन गरिनुपर्ने माग गरिरहँदा उपाध्यक्ष बादल भने मौन देखिन्छन्। कानुनका विद्यार्थी सुहाङ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका छोरा हुन्।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : २८ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद