बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई « Khabarhub

बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को फागुन २१ गतेको चुनावी विजयलाई लिएर संसद्मा तीखो व्यंग्य गरेका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले रास्वपाको विजयमा विभिन्न शक्ति, संस्था र भदौ २३–२४ को जेन–जी आन्दोलनका ‘खलपात्र’हरूलाई समेत बधाई दिएका थिए ।

थापाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको यो अभूतपूर्व विजयका लागि शुभकामना । यो ऐतिहासिक विजयको जग खन्ने क्रममा धेरै जना बधाईका हकदार छन् । नेपाली सेना, सुशीला कार्की नेतृत्वको सरकार, बारबरा फाउन्डेशन र अन्य सुरक्षा निकायले रास्वपालाई जिताउन भूमिका खेले । उनीहरूलाई पनि धन्यवाद ।’

उनले थप व्यंग्य गर्दै भने, ‘असंख्य तथ्यहरू छन् । तिब्बतीय ओरिजिन ब्लुड (टीओबी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा गोयबल्सहरूले पुराना दल कांग्रेस, एमाले र माओवादीलाई खलनायक बनाउँदै रास्वपाको पक्षमा माहोल बनाए । उनीहरूलाई पनि बधाई ।’

उनले भदौ २३-२४ को आन्दोलनलाई रास्वपाको अघोषित नेतृत्वमा भएको बताएका छन् । ‘फागुन २१ को चुनावमार्फत नीलो क्रान्तिको संस्थागत विजय भएको छ। चैत्र १३ को धार्मिक अनुष्ठानसहित प्रधानमन्त्री बालेन्द्र साहको सपथ भएको छ’, उनले भने।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको विध्वंस र सरकारी संरचनामा आगजनीलाई लिएर थापाले प्रश्न उठाए ।

‘भदौ २३ र २४ मा देश जलाउने खलपात्रहरूलाई जसले नायक बनाए, उनीहरूलाई पनि बधाई । यो जादुमयी परिणामका लागि उनीहरूले नायकको भूमिका खेले,’ उनले व्यंग्यात्मक रूपमा भने ।

थापाले रास्वपाको विजयले ‘असाधारण प्रश्न’ जन्माएको बताए । उनले भने, ‘कुन उद्देश्यका लागि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र प्रधानमन्त्री निवास बालुवाटार जलाए ? कसले कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थीलाई निषेधित क्षेत्रमा लगेर गोली चलाउने अवस्था बनायो ?’

‘अहिले कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनी रूपमा गृहमन्त्री र प्रधानमन्त्रीलाई गिरफ्तार गरियो ? बालेन्द्र शाह नेतृत्वको यो सरकारले कुन उद्देश्यका लागि विद्यार्थी र पेशाकर्मीको अधिकार खोसिँदैछ ? कुन उद्देश्यका लागि मिडिया ट्रायल र साइबर आतंक मच्चाइँदैछ ? शान्तिपूर्ण विरोधमा निस्किएका एमाले कार्यकर्ता र नेताहरूमाथि लाठी बर्साएर दमन किन गरिँदैछ ?’, थापाले यी प्रश्नहरू बैठकमा राखेका थिए ।

अन्त्यमा उनले प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रमसंस्कृति पार्टीका सांसदहरूलाई पनि बधाई दिए ।

बैठकमा थापाको यो सम्बोधनले नयाँ संसद्को पहिलो दिनमै राजनीतिक तनाव र पुराना दल तथा नयाँ सरकारबीचको वैचारिक द्वन्द्व देखाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : २५ बजे

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली