टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा « Khabarhub

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ।

तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ।

तुल्सासहित सपना वली, निलिका लामिछाने, प्रेमनाथ बस्याल, प्रयास पोखरेल र गंगा अधिकारी सुवेदीविरुद्ध पनि मुद्दा चलेको छ। तुल्सासँग मात्रै ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

सरकारी वकिलको कार्यालयले उनीहरूले गैरकानुनी रूपमा आर्जित रकमको वास्तविक स्रोत, प्रकृति, स्थान र स्वामित्व लुकाउने प्रयास गरेको पनि जनाएको छ।

यस प्रकरणमा तुल्सासहित ६ जनाविरुद्ध २१ करोड १२ लाख २० हजार ४ सय ६ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाइएको हो ।

सरकारी वकिलको कार्यालयले उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) अन्तर्गत सजाय माग गरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ७ : ०० बजे

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी