संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय « Khabarhub

संसदलाई नागरिकसँग जोड्न सांसद खरेलले खोले सम्पर्क कार्यालय


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद जगदीश खरेलले नागरिकसँग प्रत्यक्ष संवादका लागि सम्पर्क कार्यालय स्थापना गरेका छन् । चुनावी घोषणापत्रको प्रतिबद्धता अनुसार सांसद खरेलले क्षेत्र नम्बर २ को ग्वार्को क्षेत्रमा आज आफ्नो सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।

खरेलले घोषणापत्रमा खुला सांसदको अवधारणा अनुसार नागरिकका सवाल र समस्यासँग संवादका लागि सम्पर्क कार्यालय स्थापना गर्ने घोषणा गरेका थिए । ललितपुरको ग्वार्को चोकनजिकै स्थापित सम्पकर्क कार्यालयमा नागरिकले गुनासा, समस्या र सुझाव टिपोट गर्न सक्ने र हप्ताको एक दिन ३ घण्टा सांसदसँग संवाद गर्न मिल्ने तालिका बनाइएको छ ।

सांसद खरेलले आफू हरेक शनिबार बिहान ७ देखि १० सम्म नागरिकसँग प्रत्यक्ष संवादमा रहने जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै सांसद खरेलले नागरिकसँग सधैँ सँगै रहेर काम गर्न र नागरिकका सवाललाई नीतिगत तहमा पुर्‍याउन सम्पर्क कार्यालय स्थापना गरेको बताए ।

उनले नागरिकका हरेक विषय लिपिबद्ध गरेर अध्ययन गर्ने र त्यसका आधारमा संसद तथा सरकारमा पुर्‍याउने जानकारी दिए । कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ६ : ४० बजे

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख

पेपर लिक रोक्न नसकेको भन्दै मोदीमाथि राहुल गान्धीको व्यंग्य

काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले परीक्षा

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित