काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रने बताएका छन् ।
बिहीबार कमलप्रसाद कोइराला स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा नेता कोइरालाले अहिले कांग्रेस, एमाले लगायतका पार्टीभित्र विचित्रको विवाद रहेको भन्दै विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन सक्ने बताएका हुन् ।
पार्टीलाई एक ढिक्का बनाउन नसके थप अप्ठेरो अवस्थामा जाने उनको भनाइ छ । उनले पार्टीभित्रको विवादलाई मिलाउने प्रयासमा आफू रहेको उल्लेख गरे ।
कोइरालाले पुराना पार्टीभित्रको कमजोरीका कारण निर्वाचनमा अनपेक्षित नजिता आएको समेत बताए ।













प्रतिक्रिया