कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप « Khabarhub

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको बताउने एकजना युवतीले बलात्कारको आरोप लगाएकी छन् ।

परिवार निकट रहेकाले आफूले दाइ मान्दै आएको व्यक्तिबाट आफू बलात्कृत भएको विष्ट थरकी ती युवतीको आरोप छ ।

ती युवतीका अनुसार यो घटना अमेरिकामै भएको हो । उनले फेसबुकमा लामो पोस्ट गरेर यो घटना सार्वजनिक गरेकी हुन् ।

सागरले आफू बस्ने अपार्टमेन्ट हेर्न लैजाऊ भन्ने आग्रह गरेको र पुगेपछि आफू बलात्कृत भएको उनको दाबी छ ।

मानसिक स्वास्थ्यको कारण आफूले बलात्कार हुँदै गर्दा प्रतिकार गर्न नसकेको ती युवतीको भनाइ छ ।

उनले सागरलाई प्रश्न गरेकी छन्- कसैको जीवन बर्बाद पारेर कस्तो हुँदै छ ?

आफू सानैदेखि मानसिक स्वास्थ्यसँग जुधिरहेकाले यो घटानाले थप जटिल भएको उनको सेयर गरेकी छन् ।

खबरहबले बुझ्दा अहिले ती युवतीसँग सम्पर्क हुन सकेन । उनी निकट साथीका अनुसार अहिले उनी सम्पर्कबाट टाढा छिन् । परिवारले पनि सम्पर्क गर्न सकेको छैन । विष्ट एकजना चर्चित कलाकारकै परिवारकी सदस्य हुन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ८ : १८ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।