नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन « Khabarhub

नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट ललितपुरमा सुरु भएको छ ।

महिला उद्यमशीलता प्रवर्द्धनको उद्देश्यका साथ महिला उद्यमी महासङ्घ नेपालद्वारा आयोजना सुरु मेला तीन दिनसम्म चल्ने छ ।

मेलाको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरे । सो क्रममा उपराष्ट्रपति यादवले महिला उद्यमशीलताको माध्यमबाट रोजगारीको सिर्जनाका साथै व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रिय अर्थतन्त्रको सुधार गर्न सहयोग पुग्ने बताए । महिला उद्यमशीलताको प्रवर्द्धनका लागि सम्बन्धित सबै सरोकारवालाहरूको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

महासंघका अध्यक्ष दर्शना श्रेष्ठले मेलामा सातै प्रदेशका महिला उद्यमीहरूले आफ्ना मौलिक उत्पादनहरू प्रदर्शनको व्यवस्था गरिएको बताइन् । 

प्रदर्शनीमा हस्तकला, ढाका, गलैँचा, हातेकागज, जैविक खाद्यपदार्थ, जडीबुटी, कृषिजन्य उत्पादन, गरगहना तथा सेवा क्षेत्रसँग सम्बन्धित सामग्री राखिएको छ । मेलामा करिब रु दुई करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : १६ बजे

विस्केट जात्रा : २६ गतेसम्म रथ बनाइसक्ने

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त