के बुल्दाक रामेनले क्यान्सर गराउँछ ? « Khabarhub

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका कारण विश्वव्यापी रूपमा मुख्य खाना बनेको छ । सन् १९५८ मा जापानमा आविष्कार भएको यो चाउचाउ संसारभर छिट्टै लोकप्रिय भएको थियो ।

विशेष गरी दक्षिण कोरियाली संस्करण ‘राम्योन’ले विश्वव्यापी चर्चा कमाएको छ । पहिले रातीको खाजाको रूपमा चिनिने यो चाउचाउ अहिले विश्वभर एक सांस्कृतिक परिकार पनि बनेको छ । 

यद्यपि, हालै एउटा भाइरल भिडियोले यो चाउचाउ सोचे जस्तो सुरक्षित नहुन सक्ने देखाएपछि उपभोक्ताहरूमाझ यसमा के–के मिसाइन्छ भन्ने प्रश्न उठेको छ ।

बुल्दाक रामेन क्यान्सर विवाद

आफ्नो अत्यधिक पिरो स्वादका कारण बुल्दाक रामेन ‘स्पाइसी नुडल च्यालेन्ज’ मार्फत संसारभर निकै लोकप्रिय भएको छ । तर, इन्स्टाग्राममा भाइरल भएको एउटा भिडियोले यसको उपभोगको सुरक्षाबारे चिन्ता जगाएको छ । 

उक्त भिडियोमा रामेनको प्याकेटमा Warning : Cancer and Reproductive Harm लेखिएको लेबल देखाइएको छ । भिडियो बनाउने व्यक्तिले यो लेबलप्रति चिन्ता व्यक्त गर्दै इन्टरनेट प्रयोगकर्ताहरूलाई यो उत्पादन खाँदा होसियार रहन चेतावनी दिएका छन् ।

यसले सामाजिक सञ्जालमा ठूलो चिन्ता उत्पन्न गराएको छ । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो खाँदा स्वस्थ भएको महसुस नै हुँदैन, स्प्यागेटी खानुको सट्टा यो किन खाने ?’ । 

अर्कोतर्फ, केही प्रयोगकर्ताहरूले भने प्याकेजिङका कारण यस्तो लेबल लगाइएको हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार प्याकेटमा प्रयोग गरिएको मसी वा तातोले रसायनहरू चुहिन सक्ने भएकाले सरकारले यस्तो चेतावनी अनिवार्य गरेको हुन सक्छ ।

के बुल्दाक रामेनमा साँच्चै क्यान्सर गराउने रसायनहरू छन् ?

चाउचाउको प्याकेटमा रहेको यो चेतावनी लेबल क्यालिफोर्नियाको ‘प्रपोजिसन ६५’ नामक उपभोक्ता सुरक्षा कानून अन्तर्गत अनिवार्य गरिएको हो । 

यस कानून अनुसार, क्यालिफोर्नियामा बिक्री हुने कुनै पनि उत्पादन जसमा क्यान्सर, जन्मजात त्रुटि वा अन्य प्रजनन हानि गराउन सक्ने रसायनहरू छन् भने, जोखिमको स्तर जतिसुकै भए पनि त्यसमा लेबल लगाउनु पर्छ ।

यस विषयमा बुल्दाक रामेनको उत्पादक कम्पनी ‘सामयाङ’ले कुनै औपचारिक बयान दिएको छैन । 

तर कम्पनीका एक प्रतिनिधिले भनेका छन्, ‘अपरिपक्व स्पष्टीकरणले यो समस्या सामयाङको मात्रै हो भन्ने भ्रम उपभोक्तामा पर्न सक्छ, त्यसैले हामी स्थितिलाई ध्यानपूर्वक नियालिरहेका छौं ।’

आओर क्यान्सर स्टोरिजबाट लिइएको ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : ५२ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।