प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंगलबार दलको नेता छान्ने « Khabarhub

प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंगलबार दलको नेता छान्ने


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आगामी मंगलबार निर्वाचन गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले दलको नेताका लागि मंगलबार चुनाव गराउने निर्णय लिएको हो ।

दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निष्कल राई र भरतबहादुर खड्कासहितले दाबी गरेका छन् ।

बिहीबार बसेको संसद्को पहिलो बैठकमा भने दलको तर्फबाट सांसद भीष्मराज आङदेम्बेले बोलेका थिए ।

कांग्रेसमा दुई समूहको किचलोका कारण संसद् बसिसक्दा पनि दलको नेता चयन हुन सकेको छैन । संसद्का अन्य सबै दलले नेता चुनिसकेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ०७ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।