आयो बाहुबलीको झल्को दिने ‘पानीपत’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

आयो बाहुबलीको झल्को दिने ‘पानीपत’ को ट्रेलर (भिडियो)


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘पानीपत’ को ट्रेलर सार्वजनिक गरिएको छ । सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन स्टार यो फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देखाइएको छ ।

सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को झल्को दिने यो फिल्ममा सञ्जय दत्तले अफगानिस्तानका एक क्रुर राजाको भूमिका निभाएका छन् । अर्जुन कपूर र कृति सेननलाई पनि दमदार भूमिकामा देखाइएको छ ।

यो फिल्म पानीपतको तेस्रो लडाइँमा आधारित छ । जुन लडाइँ सन् १७६१ जनवरी १४ मा भएको थियो । पानीपतको युद्धलाई १८ औँ शताब्दीको सबैभन्दा महत्त्वपूर्ण युद्धमध्ये एक मानिन्छ । सो युद्धमा आधारित फिल्म ‘पानीपत’ लाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् ।

आशुतोषले यसअघि लगान, स्वदेश, जोधा अकबर लगायतका फिल्म बनाएका थिए । ‘पानीपत’ मा एक्सन, संवाद र फिल्मको सेटले दर्शकको ध्यान तानेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : ३० बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला