शुक्लाफाँटामा बाघ गणना सम्पन्न « Khabarhub

शुक्लाफाँटामा बाघ गणना सम्पन्न


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ ।

राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए  । 

गत फागुन अन्तिम सातादेखि ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट सुरु गरिएको राष्ट्रिय बाघ गणनाको फिल्डको काम सकिएर क्यामेरा सङ्कलन भइरहेको हो । 

‘शुक्लाफाँटा र डिभिजन वनअन्तर्गत राखिएका क्यामेराहरू सङ्कलन भइसकेका छन्,’ उनले भने, ‘सङ्कलन भएका क्यामेराका तस्बिरहरूको विश्लेषण गरेर बाघको सङ्ख्या पत्ता लगाइन्छ ।’

यहाँ प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ । बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोलीसहित ५२० स्वचालित क्यामेरा जडान गरिएका थिए । सन् २०२२ को राष्ट्रिय गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ थिए । 

निकुञ्ज कार्यालयले हरेक वर्ष बाघको आन्तरिक सर्वेक्षण गर्ने गर्दछ । निकुञ्जको आन्तरिक सर्वेक्षणअनुसार यहाँ ४३ वटा बाघ छन् । यस पटकको राष्ट्रिय गणनामा पनि सोही सङ्ख्यामा बाघको सङ्ख्या हुन सक्ने अनुमान संरक्षण अधिकृतहरूको छ । 

‘निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन्, एकै वर्षमा धेरै सङ्ख्या नबढेका हुन सक्छन्,’संरक्षण अधिकृत वाग्लेले भने, ‘यस पटकको राष्ट्रिय गणनामा पनि त्यही सङ्ख्या हुनसक्छ ।’
 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  २ : ११ बजे

म्यानपावर व्यवसायी आन्दोलित, आजदेखि श्रमिक नपठाउने घोषणा

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरूले विभिन्न माग राख्दै वैदेशिक रोजगारमा श्रमिक

भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने

मानव-वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन ‘हात्ती सेन्चुरी’ कार्यक्रम : मन्त्री चौधरी

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर