पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु  « Khabarhub

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन् । 

आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि महान्यायाधिवक्ता कार्यालय पुगेर कँडेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार पछि नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले प्रबुद्ध वर्गसँग मिलेर काम गर्दा नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान गर्न सकिने आफ्नो विश्वास रहेको बताए । 

सरकारलाई संविधान र कानुनले निर्दिष्ट गरेको सीमाभित्र र रहेर उपयुक्त राय सल्लाह दिने काम हुने उनको भनाइ छ । 

त्यस्तै उनले अहिले नेपाल सरकारको ध्यान सुशासनमा रहेकाले आर्थिक अपराधसँग सम्बन्धित मुद्दाहरू, सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित मुद्दाहरूलाई विशेष रूपमा प्रभावकारी रूपमा अगाडि बढाउन ध्यान केन्द्रित गर्ने उल्लेख गरे । 

यसअघि आइतबार नै प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गएका थिए । 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : १५ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका