पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु  « Khabarhub

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन् । 

आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि महान्यायाधिवक्ता कार्यालय पुगेर कँडेलले पदभार ग्रहण गरेका हुन् ।

पदभार पछि नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले प्रबुद्ध वर्गसँग मिलेर काम गर्दा नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान गर्न सकिने आफ्नो विश्वास रहेको बताए । 

सरकारलाई संविधान र कानुनले निर्दिष्ट गरेको सीमाभित्र र रहेर उपयुक्त राय सल्लाह दिने काम हुने उनको भनाइ छ । 

त्यस्तै उनले अहिले नेपाल सरकारको ध्यान सुशासनमा रहेकाले आर्थिक अपराधसँग सम्बन्धित मुद्दाहरू, सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित मुद्दाहरूलाई विशेष रूपमा प्रभावकारी रूपमा अगाडि बढाउन ध्यान केन्द्रित गर्ने उल्लेख गरे । 

यसअघि आइतबार नै प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गएका थिए । 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : १५ बजे

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको