यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा « Khabarhub

यात्रुवाहकको १६.७१ प्रतिशत, मालवाहकको २१.६८ प्रतिशतसम्म बढ्यो भाडा


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सार्वजनिक यातायात तथा ढुवानी साधानको भाडा वृद्धि गर्ने निर्णय गरेको छ ।

इन्धनमा भारी मूल्य वृद्धिसँगै भाडादर समायोजनका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले केही दिनअघि यातायात व्यवस्था विभागमार्फत् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा फाइल पठाएको थियो ।

महासंघको त्यही प्रस्तावअनुरुप मन्त्रालयबाट सैद्धान्तिक सहमति आएपछि नयाँ भाडादर कायम हुने भएको हो ।

‘विभागले पठाएको दरमा छलफलपछि सैद्धान्तिक सहमति दिने निर्णय गरिसकेका छौँ । अब नयाँ भाडादर विभागमार्फत् सार्वजनिक हुन्छ,’ मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले बताए ।

लम्सालका अनुसार सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, मालवाहक सवारीको भाडा पहाडमा २१.६८ प्रतिशत र तराईमा १५.७५ प्रतिशतले बढाइएको छ ।

यातायात व्यवस्था विभागका श्रीकान्त यादवका अनुसार मन्त्रालयले भाडा वृद्धिका लागि सैद्धान्तिक स्वीकृति दिइसकेको बताए । औपचारिक जानकारी आएसँगै विभागले सूचना सार्वजनिक गर्नेछ ।

उनका अनुसार २०८१ यता पहिलो पटक भाडादर समायोजन हुन लागेको हो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : ५८ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग