दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण « Khabarhub

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को नतिजा नेपालको पक्षमा देखिएको छ ।

नेपाली खेलाडी प्रिन्स दाहालले दोहोरो स्वर्ण पदक हात पारे । पुरुष एकलतर्फको प्रतिस्पर्धामा आयोजक राष्ट्र पाकिस्तानलाई पराजित गर्दै उनले स्वर्ण पदक उचालेका हुन् ।

दाहालले २१–९, १२–२१ र २१–६ को सेटमा जित निकालेका हुन् ।

त्यस्तै, दाहालले मिक्स डबल्समा रसिला महर्जनसँग जोडी बनाउँदै नेपालका लागि अर्को स्वर्ण पदक थपे ।

नेपाली खेलाडीहरूले स्वर्णका साथै रजत र काँस्य पदक पनि उपस्थिति बनाए ।

पुरुष डबल्समा प्रिन्स दाहाल र क्षितिज खनालको जोडीले रजत पदक जिते । मिक्स टिम इभेन्टमा पनि नेपालले रजत पदक हात पार्यो । मिक्स टिममा प्रिन्स, क्षितिज, रसिला र शेस्ना श्रीपाली सामेल थिए ।

महिला एकलतर्फ रसिलाले काँस्य पदक जितिन् । महिला डबल्समा रसिला र शेस्नाको जोडीले अर्को काँस्य पदक हात पर्‍यो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ३९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल