श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ? « Khabarhub

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गर्दा अर्की मन्त्रीले पनि चेतावनी भेटेकी छ्न ।

प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गर्दा स्वास्थ्यमन्त्री निशा मेहतालाई चेतावनी दिएका हु्न् ।

रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि सिफारिस गरेका थिए । उनको यही सिफारिसअनुसार साहको पद गएको हो ।

रास्वपाले आफ्नो पार्टी विधानको धारा २५ (४) (क) ले पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आँच आउन नदिने जिम्मेवारी सुम्पेको उल्लेख गरेको छ।

यसका साथै, पदको दुरुपयोग भएको अवस्थामा पार्टी विधानको धारा ६९ मा पार्टीले जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) व्यवस्था भएकाले मन्त्री साहलाई तत्काल जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको थियो।

यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा स्वास्थ्यमन्त्री मेहताले पनि अपेक्षित गम्भीरता नदेखाएको भन्दै रास्वपा सभापति लामिछानेको सिफारिसमा प्रधानमन्त्रीले सचेत गराएका छन् ।

सभापति लामिछानेको सिफारिस अनुसार प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई समेत सचेत गराइसकेका छन् । दुवै मन्त्री विवादमा पर्दा यसअघि मंगलबार तय गरिएको नयाँ वरीयताको पुछारमा थिए श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री साह । त्यस्तै स्वास्थ्यमन्त्री मेहता पनि वरीयताको १२ औँ स्थानमा थिइन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ४ : २४ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट