इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प « Khabarhub

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करहरूमा शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गरेका छन् ।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताएका हुन् । 

पछिल्लो पोस्टमा, ट्रम्पले जलक्षेत्रमा ट्याङ्करहरू रोकिएको उल्लेख गर्दै इरानले अनुचित व्यवहार गरिरहेको र होर्मुजको जलक्षेत्रबाट तेल पार गर्न अनुमति नदिएर विश्वव्यापी रुपमा गैर जिम्मेवार  बनिरहेको उल्लेख गरेका छन् । 

युद्धविराम लागु भए पछि पारवहन पुनः सुरु भएको रिपोर्ट गरिए पनि बिहिबार कुनै पनि जहाजले होर्मुज जलक्षेत्र पार नगरेको ढुवानी ट्र्याकिङ डाटाले देखाएको थियो ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले यदि इरानले जलक्षेत्र खोल्ने आफ्नो प्रतिबद्धता पालन गरेन भने युद्धविरामको तुरुन्तै अन्त्य हुने पुष्टि गरेका छन् । 

यस अघि बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले कूटनीतिक वार्ताका लागि इरानसँग दुई हप्ताको युद्धविरामका लागि पाकिस्तानको संयुक्त प्रस्तावलाई अनुमोदन गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  २ : ०४ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी