एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस « Khabarhub

उपसभामुखको निर्वाचन

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरको पक्षमा आफूलाई उभ्याएको छ।

शुक्रबार उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्दै गर्दा कांग्रेस सांसद बासना थापालले प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा रुबीकुमारीको पक्षमा उभिने बताइन् ।

‘प्रमुख प्रतिपक्षीका रुपमा नेपाली कांग्रेसले श्रमसंस्कृतिकी रुबीकुमारीको पक्षमा उभिने निर्णय गरेको छ’, उनले भनिन्, ‘तर कांग्रेसले रास्वपा नेतृत्वको सरकारलाई प्रतिपक्षीका रुपमा खबरदारी गर्ने भूमिकाबाट आफूलाई विचलित गराउने छैन।’

उनले संसद्‍देखि सडकसम्मबाट प्रतिपक्षीका रुपमा कांग्रेसले रास्वपा नेतृत्वको सरकारलाई जिम्मेवारीपूर्वक खबरदारी गरिरहने बताइन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ५ : २७ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि