सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’ « Khabarhub

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राईले आफू व्यक्तिगत इच्छा र चाहनाभन्दा माथि उठेर पूर्ण रूपमा जनताका लागि समर्पित भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो भावना सार्वजनिक गर्दै सांसद राईले आफू व्यक्तिगत रूपमा ‘मरेको धेरै भइसकेको’ र बाँकी जीवन देशको सेवामा अर्पण गरेको उल्लेख गरेका हुन् ।

दशकौँअघि नै आफ्नो लागि सोच्न छोडेको उल्लेख गर्दै राईले आफूलाई ‘जनताको दुःख समाधान गर्ने एउटा औजार’ को रूपमा चित्रण गरेका छन् । “न मलाई पीडा हुन्छ न खुसी, म पत्थर हुँ, निर्जीव ढुङ्गा हुँ,” उनले फेसबुकमा लेखेका छन्, “मेरा हरेक पाइलाले मलाई कतै पुर्‍याउनु छैन, पुर्‍याउनु छ त केवल यो देश र समाजलाई ।”

आफूलाई देशको बोझ उठाउने ‘अमुक भरिया’ भन्दै उनले आफ्नो आँखाबाट बग्ने आँसु पनि आफ्नो नभएर देशको पीडाभाव भएको बताएका छन् । देशलाई माया गर्दा आफूले पाएका गाली र अपमानलाई उनले ‘अनमोल उपमा’ को संज्ञा दिँदै त्यसलाई सलाम गरेका छन् ।

“आफैँलाई त्यागेर देश अंगाल्नेको नियति संसारमा यस्तै हुन्छ,” गौतम बुद्धले हिंसा देखेर ज्ञान खोजेको प्रसङ्ग जोड्दै राईले थपे, “मलाई अवस्था बदल्नु छ, म त एउटा सपना र संकल्पको लागि मात्र बाँचेको हुँ ।” आफ्नो शरीर, पसिना र धड्कन सबै माटो र देशका लागि भएको भन्दै उनले आफू र आफ्नो भन्ने केही बाँकी नरहेको भाव व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : ५५ बजे

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो

राजनीतिक नियुक्तिबारे सरकारसँग छलफल गर्न माग

काठमाडौं– सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न