प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी « Khabarhub

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणबारे सरकारले सैद्धान्तिक सहमति जनाइसकेको बताएका छन् । नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यम ‘विअन’ सँगको कुराकानीमा यस्तो बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यकालको शुभकामना दिने क्रममै भ्रमणको निम्तो पठाएको र नेपाल सरकारले त्यसलाई स्वीकार गरिसकेको खनालको भनाइ छ । “हाम्रा प्रधानमन्त्रीले बधाई सन्देशसँगै निमन्त्रणा प्राप्त गर्नुभएको थियो, जसलाई उहाँले स्वीकार पनि गरिसक्नुभएको छ,” मन्त्री खनालले भने, “भ्रमणको निश्चित मिति र समय भने दुवै देशका कूटनीतिक संयन्त्रले तय गर्न बाँकी छ ।”

मन्त्री खनालले चुनावलगत्तै प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहसँग संवाद गरेको सन्दर्भ समेत उल्लेख गरेका छन् । मौरिससमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको भेटबारे चर्चा गर्दै उनले थपे, “हामीबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भयो । नयाँ सरकारका प्राथमिकताहरू तय गर्ने र त्यसकै आधारमा उच्चस्तरीय भ्रमण अगाडि बढाउने समझदारी बनेको छ ।”

मन्त्री खनालले अहिले सरकार आन्तरिक प्राथमिकता निर्धारण गर्न केन्द्रित रहेको उल्लेख गरे । प्रधानमन्त्रीको सचिवालयले भने यो विषयमा केही जानकारी दिएको छैन ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ११ : ०३ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले