प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी « Khabarhub

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणबारे सरकारले सैद्धान्तिक सहमति जनाइसकेको बताएका छन् । नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका मन्त्री खनालले भारतीय सञ्चारमाध्यम ‘विअन’ सँगको कुराकानीमा यस्तो बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यकालको शुभकामना दिने क्रममै भ्रमणको निम्तो पठाएको र नेपाल सरकारले त्यसलाई स्वीकार गरिसकेको खनालको भनाइ छ । “हाम्रा प्रधानमन्त्रीले बधाई सन्देशसँगै निमन्त्रणा प्राप्त गर्नुभएको थियो, जसलाई उहाँले स्वीकार पनि गरिसक्नुभएको छ,” मन्त्री खनालले भने, “भ्रमणको निश्चित मिति र समय भने दुवै देशका कूटनीतिक संयन्त्रले तय गर्न बाँकी छ ।”

मन्त्री खनालले चुनावलगत्तै प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहसँग संवाद गरेको सन्दर्भ समेत उल्लेख गरेका छन् । मौरिससमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको भेटबारे चर्चा गर्दै उनले थपे, “हामीबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भयो । नयाँ सरकारका प्राथमिकताहरू तय गर्ने र त्यसकै आधारमा उच्चस्तरीय भ्रमण अगाडि बढाउने समझदारी बनेको छ ।”

मन्त्री खनालले अहिले सरकार आन्तरिक प्राथमिकता निर्धारण गर्न केन्द्रित रहेको उल्लेख गरे । प्रधानमन्त्रीको सचिवालयले भने यो विषयमा केही जानकारी दिएको छैन ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ११ : ०३ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि