मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग « Khabarhub

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको छ । 

महासङ्घले आइतबार विज्ञप्ति जारी गरी देशभर धान र कोदोको बीउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारीखेती गर्ने संवेदनशील समयमा देशभर रासायनिक मलको अभाव भएको जनाउँदै आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको हो । 

महासङ्घले विज्ञप्तिमा भनेको छ, ‘धान, मकै र कोदो नेपालको राष्ट्रिय अर्थतन्त्र र किसानहरूको जीवन, जीविका र नागरिकको खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने रणनीतिक बाली हुन्, यस्ता बालीहरूको खेती गर्ने मुख्य समयमा रासायनिक मलको अभाव हुनु, किसानहरू खेतीपाती छोडेर मलका लागि लाइन लाग्ने र चर्को मूल्यमा मल किन्न बाध्य हुनु दुर्भाग्यपूर्ण छ । यो समस्या समाधान गरिनुपर्छ ।’

कालोबजारी नियन्त्रण, दीर्घकालीन रूपमा समस्या समाधानको योजना तर्जुमा र साना तथा उत्पादक किसानको हितलाई ध्यान दिँदै प्राथमिकताका आधारमा मल वितरण गर्न पनि महासङ्घले माग गरेको छ । 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ३ : ४७ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८