विश्वकै शक्तिशाली नौसेनाविरुद्ध प्रतिकार गर्न इरानसँग कुनै शक्ति बाँकी छैन : युद्धमन्त्री हेगसेथ « Khabarhub

विश्वकै शक्तिशाली नौसेनाविरुद्ध प्रतिकार गर्न इरानसँग कुनै शक्ति बाँकी छैन : युद्धमन्त्री हेगसेथ


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी युद्धमन्त्री पिट हेगसेथले स्ट्रेट अफ हर्मुजमा अमेरिकाको नियन्त्रण कायम रहेको दाबी गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युद्धमन्त्री हेगसेथले इरानसँग कुनै किसिमको नौसैनिक क्षमता नरहेकाले सो क्षेत्रमा अमेरिकी नियन्त्रण कायम रहेको दाबी गरेका हुन् ।

अमेरिकाले नाकाबन्दीमा आफ्नो कुल नौसैनिक क्षमताको १० प्रतिशतभन्दा कम शक्ति मात्र प्रयोग गरेको दाबी गर्दै हेगसेथले इरानी नौसैनिक क्षमता पहिले नै पूर्ण रूपमा ध्वस्त भइसकेकाले विश्वकै शक्तिशाली नौसेनाको सानो हिस्साको अगाडि इरानसँग प्रतिकार गर्ने कुनै शक्ति बाँकी नरहेको टिप्पणी गरे ।

उनले जबसम्म आवश्यक पर्छ तबसम्म यो नाकाबन्दी जारी रहने जनाए । पत्रकार सम्मेलनमा शीर्ष अमेरिकी सैन्य अधिकारी ड्यान केनले इरानलाई सहयोग पुर्‍याउने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनी दिए । उनका अनुसार इरानी तेल ओसारपसार गर्ने ‘डार्क फ्लिट’ अर्थात् पहिचान लुकाइएर सञ्चालन हुने जहाजलाई पनि अमेरिकी सेनाले निशाना बनाउनेछ ।

यो कारबाही इरानको क्षेत्रीय जलक्षेत्रका साथै अन्तर्राष्ट्रिय समुद्री क्षेत्र र त्यसको वरपर पनि समान रूपमा लागू हुने उनले चेतावनी दिए । उनका अनुसार यो नाकाबन्दी इरानका बन्दरगाहहरूमा जाने वा त्यहाँबाट आउने जुनसुकै जहाजहरूका लागि पनि अनिवार्य रूपमा लागू हुनेछ।

यदि कुनै पनि जहाजले नाकाबन्दीको पालना गर्न अस्वीकार गरेमा अमेरिकी सेनाले बल प्रयोग गर्ने नीति लिएको उनको भनाइ छ। हाल मध्यपूर्वमा अमेरिकाका ११ वटा विध्वंसकसहित १६ वटा अत्याधुनिक युद्धपोतहरू तैनाथ छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ७ : ४३ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि