आमाको अकालमृत्यु रोक्न कार्यक्रम निरन्तरता दिन पौडेलको सुझाव « Khabarhub

आमाको अकालमृत्यु रोक्न कार्यक्रम निरन्तरता दिन पौडेलको सुझाव


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भइरहेको महिला तथा आमाहरूको अकालमृत्यु रोक्न आफूले सुरु गरेको कार्यक्रमलाई परिस्कृत रूपमा निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन्।

मातातीर्थ औँसीको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले समयमै परीक्षण नहुँदा धेरै महिलाले ज्यान गुमाउनुपरेको अवस्था अन्त्य गर्न निःशुल्क क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रम सुरु गरिएको स्मरण गरे।

उनले आफ्नो कार्यकालमा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान र स्क्रिनिङ सेवालाई राष्ट्रिय कार्यक्रममा समावेश गरिएको उल्लेख गरे। ती अभियानको मुख्य उद्देश्य क्यान्सरका कारण बढ्दो महिला मृत्यु दर घटाउनु रहेको उनले बताएका छन्।

पौडेलले वर्तमान सरकारले उक्त कार्यक्रमलाई अझ प्रभावकारी र परिस्कृत बनाउँदै निरन्तरता दिने विश्वास व्यक्त गरेका छन्।

‘स्वस्थ महिलाबाट स्वस्थ परिवार र समुन्नत राष्ट्र निर्माण सम्भव हुन्छ,’ उनले सन्देशमा उल्लेख गर्दै यस अभियानलाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १२ : ३४ बजे

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी

लेबनानमा युद्धविराम लागू

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र

फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

पाँचथर– पहिचानको प्रतीकका रूपमा रहेको ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु भएको

फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु 

एजेन्सी– फिलिपिन्सको सुरक्षा बलले आफहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रिया गर्दा

हुलाकबाट पठाउन थालियो लाइसेन्स, सेवाग्राहीको घरमै पुर्‍याउने तयारी

काठमाडौं- हुलाक सेवा विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देशभरका यातायात