जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते « Khabarhub

जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् ।

झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसिबीसँग सोही दिशाबाट नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा कार चालक रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी श्रीमती ३१ वर्षीया अन्सु पौडेल, छोरा तीन वर्षीय आयान ज्ञवाली, नौ महिनाका वेदाक्ष ज्ञवाली र आमा ५६ वर्षीया कमला ज्ञवाली घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

कारले मोटरसाइकललाई जोगाउन खोज्दा जेसिबीमा ठोक्किँएको उनले बताए। घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन पठाइएको छ ।
 

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ३ : ४३ बजे

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल