विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा « Khabarhub

विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ ।

नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करिब २४ देशका ४०० भन्दा बढी पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, भूटान, अफगानिस्तान, चीन, थाइल्याण्ड, मलेशिया, इण्डोनेशिया, भियतनाम, सिङ्गापुर, जापान, ताइवान, ओमान, इजरायल र दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानाडा, फ्रान्स, चेक रिपब्लिक र स्पेनलगायतका देशबाट प्रतिनिधिहरुको सहभागिता हुने बताइएको छ ।

साना र मध्यमस्तरका किसानलाई लक्षित गरी पर्यावरणमैत्री दिगो पशुपालनका लागि पशु चिकित्सा, पशु स्वास्थ्य, पशु पोषण र घाँसेबाली तथा हिमाली क्षेत्रमा पालिने याकको संरक्षणलगायतका विषयमा सम्मेलनमा छलफल हुने एशोसिएसनका अध्यक्ष डा.शितलकाजी श्रेष्ठले बताए ।

सम्मेलनमा जलवायु परिवर्तनले विकासशील राष्ट्रका साना किसानलाई पारेको असर र त्यसलाई न्यूनीकरण गर्न गरिने उपायहरुमाथि समेत छलफल गर्ने योजना रहेको उनले बताए ।

सम्मेलनमा १६१ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको एशोसिएसन गण्डकीका सहसचिव डा.गणेश केसीले जानकारी दिए । सम्मेलनको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने बताए।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : ०८ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय