कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा « Khabarhub

कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेन-जी आन्दोलनको छानबिनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताएका छन् । 

कांग्रेसको केन्द्रीय समितिद्वारा आज हेटौँडामा आयोजित नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति थापाले उक्त घटनाका सम्बन्धमा सत्यतथ्य, स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए  ।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयको सम्बन्धमा राखिएको समीक्षा कार्यक्रममा उनले नयाँ सरकारले कसैमाथि गैरकानुनी सम्पत्ति आर्जन, भ्रष्टाचारको विषयमा अनुसन्धान गर्दा कानुन, नियम, विधि प्रक्रियाअनुसार गर्नुपर्ने उल्लेख गरे ।

कसैप्रति पूर्वाग्रही ढङ्गले व्यवहार नगर्न आग्रह गर्दै उनले विधिको शासन व्यक्तिले मात्र नभएर प्रधानमन्त्रीले समेत मान्नुपर्ने बताए । 

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसको क्रियाशील सदस्यले अब नयाँ जिम्मेवारी लिई डिजिटल रुपमा सूचना प्रविधिको सदुपयोग गरेर पार्टी नीति सिद्धान्तअनुरूपका कार्यक्रम हरेक नागरिकसम्म पु-याउनुपर्ने बताए ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ७ : २६ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने