रविलाई झस्काउने शब्द प्रयोग गर्दै सिंहदरबारबाट बाहिरिए सुधन गुरूङ « Khabarhub

रविलाई झस्काउने शब्द प्रयोग गर्दै सिंहदरबारबाट बाहिरिए सुधन गुरूङ


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


37.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिँदा सभापति रवि लामिछानेलाई नै झस्काउने शब्द सामाजिक सञ्जालमा प्रयोग गरेका छन् ।

गुरुङले सामाजिक सञ्जाल फेसबुकमा भनाइ राख्दै ‘कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ स्वेट सेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ’, भनेर लेखेका छन् ।

रास्वपा सभापति लामिछाने नै विभिन्न सहकारीको करोडौँ बचत अपचलन गरेको गोर्खा मिडिया नेट्वर्कका १५ प्रतिशत सेयर स्वामित्व भएका व्यक्ति हुन् ।

ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई नेतृत्वमा उक्त मिडियाले सहहकारीबाट अवैधानिक रुपमा ल्याएर गरेको ठूलो रकम अपचलनपछि लामिछानेले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा खेप्दै आएका छन् ।

व्यवसायी दीपक भट्टसँग साझेदार सेयर रहेको प्रमाण सार्वजनिक भइसक्दा गृहमन्त्रीको भूमिकामा रहेका गुरुङले राजीनामा दिन खोजेका थिएनन् । बरू उनले सामाजिक सञ्जालमा भनाइ राख्दै ‘मिडिया ट्रायल’ र प्रायोजित हल्ला भएको टिप्पणी गरेका थिए ।

तर, पटक–पटक पार्टी सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि राजीनामा दिन बाध्य भएका गुरूङले मुद्दा खेपिरहेका सभापति लामिछानेप्रति पनि इंगित गर्नेगरी आममिडियालाई शाब्दिक प्रहार गरेका हु्न्।

यसअघि रविले सुधनलाई गृहमन्त्रीमा पनि रोक्न खोजेका थिए । बालेनले सुधनलाई अघि सारेपछि रवि सकारात्मक थिएनन्। बालेनले निर्णय गरिसकेको जवाफ दिएपछि रवि मौन बस्न बाध्य भएका थिए ।

रविले आफूनिकट दीपक बोहरालाई गृहमन्त्रालयमा पठाउन चाहेका थिए । बालेनले रविको कोर टीमका दीपक बोहरालाई अस्वीकार गरेपछि सुनिल लम्साल र विक्रम तिमल्सिनासँग छलफल भएको थियो ।

तर उनीहरूले पुराना दलका नेताहरूलाई तत्कालै पक्राउ गरेर मुद्दा चलाउन आनाकानी गरे । त्यसपछि बालेन आफैं सुधनलाई नेताहरू समात्न र सरकारको अभियानलाई तीव्रता दिन तयार भए गृहमन्त्री दिने भनेर सुधनलाई सरकारमा ल्याएका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ५ : ११ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र