किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन « Khabarhub

किसानलाई सहज मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई समितिको निर्देशन


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले किसानहरूले सहज रुपमा मल पाउने अवस्था सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रोपाइँका समयमा किसानहरूले हरेक वर्ष मल अभावको समस्या भोग्ने गरेको भन्दै यसवर्ष सहज रुपमा मल पाउने अवस्था सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो ।

कृषकको माग अनुसार रासायनिक मलको समयमा नै आपूर्ति गरी सहज रुपमा बिक्री वितरण गर्ने व्यवस्था गर्न कृषि मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति जयन्ती देवी राईले जानकारी दिइन् । 

बैठकले आगामी दिनमा नेपालमा नै रासायनिक मल कारखाना स्थापना गरी उत्पादन गर्ने गरी आवश्यक व्यवस्था गर्न समेत सरकारलाई निर्देशन दिएको छ भने जैविक कम्पोस्ट मल प्रयोग बढाउन तहगत सरकार र किसानसँग समन्वय गरी किसान प्रोत्साहन र सचेतनाको कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्न समेत नीतिगत व्यवस्था गर्न समेत सुझाव दिइएको सभापति राईले बताए ।  

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले आगामी रोपाइँसम्मका लागि पुग्ने मल उपलब्ध रहेको भन्दै त्यसपछिका लागि भने आपूर्तिका लागि प्रयास भइरहेको बताइन् ।

जैविक प्राङ्गारिक मललाई प्रोत्साहन गर्नका लागि नीतिगत सुधारका काम भइरहेको उनले बताइन् । मन्त्री चौधरीले कृषि क्षेत्रमा रहेका कमजोरी पहिचान गरी सुधारका उपाय लागू गर्ने, कृषि सामग्रीको आपूर्ति अवस्था, वितरण प्रक्रियालाई सहज बनाउने काममा प्रतिबद्ध रहेको धारणा राखिन् । 

त्यस्तै मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले इरान–अमेरिका युद्धका कारण टेन्डर भएका मल आपूर्तिमा समस्या भएको बताए । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि भएकाले यस वर्ष मल आयात चुनौतीपूर्ण रहेको भन्दै पर्याप्त रुपमा मल खरिद गर्न बजेटको समेत अभाव रहेको उनको भनाइ छ । 

बैठकमा समिति सदस्यहरूले रैथाने बीउको संरक्षण तथा किसानलाई गुणस्तरीय बीउ–बिजको सहज वितरण सुनिश्चितका साथै कृषि उत्पादनको निर्यातमा देखिएको असमानता हटाउन समेत सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  २ : ५२ बजे

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक