किष्ट बैंक घोटाला : दुई वर्ष सजाय तोकिएका जुनियर असिस्टेन्ट पक्राउ « Khabarhub

किष्ट बैंक घोटाला : दुई वर्ष सजाय तोकिएका जुनियर असिस्टेन्ट पक्राउ


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले किष्ट बैंक घोटाला प्रकरणमा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। सीआईबीका अनुसार बैंकिङ कसूरसम्बन्धी उक्त मुद्दामा तत्कालीन किष्ट बैंक, ठमेल शाखामा जुनियर असिस्टेन्ट पदमा कार्यरत रही टेलर हेडको जिम्मेवारी सम्हाल्दै आएका तारकेश्वर नगरपालिका–१, साङ्लाका ४८ वर्षीय रोहितलाल श्रेष्ठ पक्राउ परेका हुन्।

सर्वोच्च अदालतको २०८० असोज १५ गतेको फैसलाले श्रेष्ठलाई २ वर्ष कैद र १३ लाख ३३ हजार ३३३ रुपैयाँ जरिवाना तोकेको थियो। फैसलापछि फरार रहेका उनलाई सीआईबीबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–३, महाराजगञ्जबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

प्रहरीका अनुसार तत्कालीन किष्ट बैंकका कर्मचारीहरूले नक्कली कागजात, नक्कली छाप, नक्कली बैंक कर्मचारी तथा नक्कली सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्याएर हानि नोक्सानी पुर्‍याएको प्रकरणमा उनी संलग्न रहेको पुष्टि भएको थियो।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : ०६ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई